-अमर न्यौपाने

डेराभाडा तिर्न नसकेर घरबेटीले निकालिदिएपछि स्वास्नी छोराछोरीलाई पाटीमा राखेर उसले सार्वजनिक जमिन खोज्दै हिँड्यो। भौंतारिँदै हिँड्दा एक दिन स्वयम्भूको पारिपट्टि दुई–तीन रोपनीजति सार्वजनिक जमिन खाली देख्यो। उसले मनमनै सपना बुन्न थाल्यो, यही खाली जमिनमा पाल टाँगेर भए पनि बस्न पाए हुुन्थ्यो। यसो गर्न कोसँग सोध्नुपर्ला? ऊ अलमलियो।
फेरि सोच्यो, सार्वनजिक जमिनमा बस्न कसैलाई सोध्नुपर्दैन। जंगलका पशुहरू कसलाई सोधेर जंगलमा बसेका हुन् र?
उसका साथीहरू भीमे र रनेले एउटा ठूलो पाल किनिदिए। जीते र आइतेले चिसो नछिर्ने बाक्लो खालको पन्ध्र एमएमको म्याट किनिदिए। उसले पाल हालेर बसेको देखेर वरिपरिका धनाढ्यहरूले उसलाई हकारे, ‘कसलाई सोधेर यहाँ पाल लगाइस् हँ?'
उसले दरै हाँगो समाउन खोज्यो, ‘सर्कारसँग।'
धनाढ्यहरूको मुख टालिनै लागेर पनि टालिएन। अर्को धनाढ्यले प्रश्न गर्योक, ‘कागज छ?'
उसलेे बिस्तारै भन्यो, ‘सर्कारको जमिन हो। उस्ले जा भनेको दिन जाम्ला। तेतिन्जेलसम्म यही बस्छौं हजुर।'
आफैं सरकार हुँ झैं धनाढ्यहरूले आदेश गरे, ‘यस्तैले हो सुकुम्बासीको अभिनय गरेर सार्वजनिक जमिन हडप्ने। दुई–चार दिनका लागि हो भने बसे हुन्छ, सधैंका लागि पाइँदैन।'
उसकी स्वास्नीले विनयीभावमा भनी, ‘सधैं त हामी पनि बस्तैनौं नि हजुर।'
त्यसपछि उसका लोग्नेस्वास्नी मिलेर दुई घन्टामै त्यहाँ घरजस्तो घ बनाए। घ नजिकै उसले च बनायो। अर्थात् चर्पी, बोराले बाँधेको कच्ची चर्पी। उसका छोराछोरी खुसी भए किनभने धनाढ्यहरूको भन्दा उसका छोराछोरी खेल्ने आँगन ठूलो थियो। छोराछोरीको खुसीमा उनीहरू पनि खुसी भए।
उसकी स्वास्नी सडक किनारमा मकै पोल्न थाली। उसले भारी बोक्न थाल्यो। उसका भुराभुरीहरू सानै थिए। जीवन चलाउन सकिएन भने उनीहरूलाई माग्न पठाउनुपर्ला र आफू ठग्न निस्कनुपर्ला भन्ने सोचेको थियो उसले। अलिकति कमाउन सके डेरा खोजेर आफ्नो परिवारलाई चिसोतातो र हुरीबतासबाट जोगाउने उसको सपना थियो।
जेनतेन गरेर उसले अलिकति पैसा साँच्थ्यो र डेरा किन्ने सपना देख्थ्यो। त्यही बेलामा एउटा न एउटा परिवारको सदस्य बिरामी भइहाल्थ्यो। उपचार गर्दा कहिले जम्मा भएको पैसाले पुग्थ्यो, कहिले पुग्थेन। सोच्थ्यो, प्रत्येक दिन अघाइन्जेल खान पाए रोग लाग्थेन होला। पेट खाली भएको मौका पारेर रोग त्यहीँ आएर बस्दो रहेछ।
मानिसहरूले देखे पनि सरकारले भने उसलाई पाल टाँगेर बसेको देखेन। सरकार आँखा नदेख्ने भएकोमा ऊ एकदमै खुसी थियो। यहाँका धनाढ्यहरूले झैं सरकारले पनि देखेको भए उनीहरूले निकालिनुपर्थ्यो।
एक महिना बितेपछि उनीहरूले छिमेकीहरूबाट खुब दबाब झेल्नुपर्योद। टोलका धनीहरूले उनीहरूलाई अनेक थोक भनेर निकाल्न खोजे—
— सरकारी जग्गा हडप्न बसेका हौ तिमोरु।
— तिमीहरूका छोराछोरीले जथाभावी दिसापिसाब गरेर हाम्रो सफा टोल फोहोर र दुर्गन्धित बनाइदिए।
— तिमीहरूको कच्ची ट्वाइलेट गनाएर बसिसक्नुभएन। यस्तै भयो भने यहाँ हैजा फैलिन्छ।
— तिमीहरूका छोराछोरीले हाम्रा छोराछोरीलाई बिगार्न थाले। फोहोरी कुराहरू सिकाए।
— तिमीहरू असभ्य र हैसियत नभएका हौ। तेसैले यहाँ बस्न पाउँदैनौ। अब बाह्र दिनभित्र तिमीहरूले यो ठाउँ छोड्ने भए छोड, नत्र हामीहरूले नै लाठो लगाएर निकाल्छौं।
नयाँ वर्षको दिन टोलका मानिसहरूबाट उसलाई बाह्र दिनभित्र ठाउँ छोड्ने आदेश आयो, जसको नेतृत्व गरेको थियो उसको घरबाट सबैभन्दा नजिकको एक धनाढ्यले। मानिसहरू उसलाई सोनाघरे भन्थे।
असाध्यै अपहेलित भएर पनि उनीहरू चुपचाप बसिरहे। ऊसँग न बलियो जवाफ थियो न कतै जाने ठाउँ। ठूलो हावाहुरी आउँदा पनि ढल्लाजस्तो सिन्धुपाल्चोक बरुवाको घर, जहाँ ऊ फेरि फर्केर बस्ने अवस्थामा थिएन। ढल्नै लागेको घरबाहेक केही नभएकाले ऊ सहरमा बस्न बाध्य थियो। गाउँमा अन्न फल्ने खेत नभए पनि सहरमा पैसा फल्ने रूख त छ नि भनेर ऊ सहर आएको थियो।
नयाँ वर्ष २०७२ को उपलक्ष्यमा मानिसहरूले सहरमा नयाँ वर्ष मनाइरहँदा उसको परिवारको पेट भरिएन। आधा पेटमै उसको परिवारले नयाँ वर्ष मनायो। ऊ भने चिन्तित थियो अबको एघार दिनपछि कहाँ जाने?
२०७२ वैशाख ११ गते।
दस दिनको विचारमन्थनपछि ऊ एउटा निर्णय लिन बाध्य भयो। भोलिपल्ट वैशाख १२ गते सहर छोडेर गाउँ फर्कने, ढल्नै लागेको आफ्नै झुप्रोलाई उठाउने र गाउँमै निमेक गरेर बस्ने विचार गर्योअ। सहर धेरै निठुरी रहेछ। काठमान्डुका सबैजसो ढुंगेधाराहरू सुके। कमसेकम गाउँका मूलहरू त सुकेका छैनन्।
वैशाख १२ गतेको साढे एघार बज्यो। उसले आफ्नो सबै जेथा पोको पारिसकेको थियो।
आकाशमा सेतो बादल थियो। घाम त्यही सेतो बादलमा लुकामारी गर्दै थियो। ठिक १२ बजे उनीहरू हिँड्ने भए। उनीहरूले छोड्न लागेकोमा धनाढ्य छिमेकीहरू खुसी थिए। खुसी हुँदै ‰याल र कौसी, छत र बरन्डाबाट हेर्दै थिए।
उनीहरूका छाया एकदमै डल्लिए। उनीहरू निस्किन तयार भए। त्यही बेलामा संसारकै सबैभन्दा ठूलाठूला हजारौं घोडा एकसाथ दौडिएजस्तो गटगट...गटगट... आवाज आयो। उनीहरू उभिएको जमिन पिङझैं हल्लिन थाल्यो। उसका भुराभुरी पुल्टुङपुल्टुङ पल्टिन थाले। ऊ र उसकी स्वास्नी लडिएला भनेर थचक्क भुइँमा बसे। मानिसहरू चिच्याउँदै भागाभाग गरेको आवाज आयो। पात झरेका ठूलाठूला सालका रूखहरू ढलेझैं सन्त्रासमय आवाजमा अग्लाअग्ला घरहरू ढल्न थाले। आँधीझैं आतंक र त्रासदी चल्न थाल्यो।
यसो टाउको उठाएर हेरेको त आफ्नो वरिपरि उसले हजारौं मानिसहरू थर्थराउँदै खचाखच भएको देख्यो। कोही रुँदै, कोही आत्तिँदै र चिच्याउँदै थिए, ‘खोई मेरो छोरा? खोई मेरो छोरी?'
कुकुरहरू एकोहोरो रोइरहेका थिए। यसो आकाशतिर टाउको उठाएर हेर्योए, चराहरू आत्तिँदै कराउँदै उडिरहेका थिए। महाप्रलय भएको थियो।
त्यसपछि ऊ उभियो। चारैतिर हेर्योए। उसको छाप्रो अगाडिको छतले ठूलो डिपार्टमेन्ट स्टोर, जहाँ उसले कहिल्यै केही सामान किनेको थिइन, त्यो पूरै ढलेको थियो। त्यहाँ कम्तीमा पचास जना मानिस पुरिएको अनुमान थियो। थुप्रै घरहरू कुर्चीमा आडेस लागेको मान्छेझैं ढल्किएका थिए।
ढलेको डिपार्टमेन्ट स्टोरतिर देखाएर एउटा बालक भनिरहेको थियो, ‘मेरो आमा तेहीँ हुनुहुन्छ।'
मानिसहरू आफ्ना आफन्तहरूलाई कम्पित आवाजमा फोन गर्दै हालखबर सोध्दै थिए। जमिन अझै पिङझैं हल्लिँदै थियो। आफ्नो यति र गतिमा सधैं घुमिरहँदा केही नहुने पृथ्वी यति र गति नमिलाई बेनियम एकैछिन हल्लिँदा पनि यस्तो हुँदो रहेछ।
उसको यात्रा रोकियो। घरहरू ढलेर ठाउँठाउँमा सडक बन्द भयो र यातायात रोकियो। बिजुलीका तारहरू चुडिए। उत्तिखेरै अनेक खबरहरू आउन थाले—
— भूकम्प ७.६ रेक्टर स्केलको थियो, जसको केन्द्रविन्दु गोरखाको बारपाक हो। भूकम्प एक मिनेट बाइस सेकेन्ड आयो। दुई मिनेटसम्म आएको भए काठमान्डु ध्वस्त हुन्थ्यो।
— धरहरा ढल्यो रे।
— वसन्तपुर दरबार, कृष्ण मन्दिर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर सबै ध्वस्त भए रे।
— गोरखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रे आदि जिल्लामा जनधनको धेरै क्षति भयो रे। सात हजारभन्दा धेरै मानिसको ज्यान गयो।
सिन्धुपाल्चोकको बरुवा गाउँमा उसको घर थियो। त्यहाँको हाल के होला भनेर उसले फोन डायल गर्योु, पटक्कै लागेन। अनेक खबर भने आइरहे—
‘सिन्धुपाल्चोकमा त कुनै घर पनि बाँकी छैनन् रे।'
ऊ आफ्नो घर भत्कियो भन्ने कुरामा ढुक्क भयो। तर ऊ चिन्तित भएन। महाभूकम्प आएकोमा पनि उसलाई कुनै दुःख लागेको थिएन। किनभने उसको क्षति हुने कुरा केही थिएन।
उसलाई आजसम्ममा आश्रय छोड्ने चेतावनी दिने धनाढ्यहरू आफ्नो आश्रय छोडेर विचलित हुँदै उसको आश्रयमा आएका थिए। ऊ, उसकी स्वास्नी र उसका छोराछोरीको अनुहारमा विचलित भाव थिएन। उसका छोराछोरी त प्रलयकै माझमा भाँडाकुटी पो खेल्न थाले। तर उसलाई चेतावनी दिनेहरू एकदमै विचलित थिए। कतिपयमा त रुवाबासी चलिरहेको थियो।
मन्दिर होस् या वेश्यालय, धनी होस् या गरिब, असल होस् या खराब, मूर्ख होस् या विद्वान् भूकम्पका लागि सबै बराबर भए। कसैलाई भेदभाव नगर्ने भूकम्पको यो तरिका उसलाई साह्रै मन पर्योि।
साँझ पर्योर, त्रासदी घटेन। कोही मानिसहरू आफ्नो घरमा जान सकेनन्। धनी गरिब सबैले खुला ठाउँमै रात कटाउने भए। पानी पर्लापर्लाजस्तो भयो। पानी पर्न लागेकाले पाल नभई नहुने भयो। धेरै मानिसहरू पाल नपाएर आतंकित हुन थाले।
उसको सबैभन्दा नजिकको छिमेकी सोनाघरे साँझ पर्नै लाग्दा उसको नजिक आयो र भन्यो, ‘तिमीसँग पाल छ है?'
उसले टाउको हल्लायो। सोनाघरेले फेरि भन्यो, ‘तेसो भए पाल झिक न त। तिमीहामी मिलेर अब यही पालमुनि बस्नुपर्छ।'
ऊ दंग पर्योन। सोनाघरेकै चेतावनीमा उठाएको पाल फेरि टाग्यो। उसलाई सोनाघरेले सघायो। उसको पालमुनि आश्रय पाएर सोनाघरेको परिवार खुसी भयो। सोनाघरेकी स्वास्नीले भनी, ‘अब हामी तिम्रै आश्रयको भर परेम् है मंगल।'
सोनाघरेको घरमा पाल पनि थिएन। भए पनि लिन जाने साहस थिएन। बजार सबै बन्द थियो। खुला भए पनि त्यो खुला ठाउँ छोडेर कतै जाने साहस थिएन।
एकैछिनमा कालो बादल मडारिँदै पानी पर्न थाल्यो। मानिसहरू आफ्नै घरमा समेत ओत लाग्न जान सकेनन्। उसलाई चेतावनी दिने अरू छिमेकीहरू पनि उसको पालमा आश्रय लिन आए। सोनाघरेकी स्वास्नीले भनी, ‘तिम्रो पाल पनि नभएको भए त हाम्रो विचल्ली हुने रहेछ मंगल।'
अरू धेरै मानिसहरू पनि उसको पालमुनि आश्रय लिन आएको देखेर सोनाघरेको स्वास्नीले ऊसँग भनी, ‘अब अरूलाई आउन नदेऊ मंगल।' ऊ केही बोलेन।
बेलाबेलामा भूकम्पका धक्का आइरहे। कोही पनि आफ्नो घरमा जान सकेनन्। सुरक्षा दिने घरले तर्साउन थाल्यो। त्यो तर्साउने घरभित्र जाने साहस कसैको थिएन। सोनाघरेको करोडौंको घर ठाउँठाउँमा चर्किएको थियो। बारबार आएका भूकम्पका धक्काले ढल्छ कि भन्ने ठूलो डर थियो।
चाउचाउ, बिस्कुट र पानी खाएर त्यो रात बित्यो। घर हुनेहरूलाई रातभरि निद्रा लागेन। ऊ र उसकी स्वास्नी मस्त निदाए। उसका छोराछोरीहरू उठ्नेबित्तिकै खेल्न थाले।
भोलिपल्ट उज्यालो हुनेबित्तिकै सोनाघरेले पालको घरबाट आफ्नो घरतिर हेर्यो । घर उभिरहेको देखेर ऊ खुसी भयो तर घरले तर्साएकोमा डरायो।
सोनाघरेकी स्वास्नी र छोराछोरी अघिल्लो दिन भात खान नपाएकाले जसरी पनि भातको व्यवस्था गरौं भन्दै थिए। सोनाघरेले गोजी छाम्यो। केही हात्तीहरू झिकेर चामल, दाल, आलु र तरकारी किन्न उसलाई पैसा दिँदै मायालु पाराले भन्यो, ‘जाऊ, जहाँ पाइन्छ तेहाँबाट किनेर ल्याऊ। अब हामी एउटै परिवारजस्तो भयौं।'
सोनाघरले भन्दा पनि उसकी स्वास्नीले मायालु र लयालु भएर भनी, ‘चाउचाउ, बिस्कुट, कुकिज, कोक पनि ल्याऊ है मंगल। आफूलाई पनि ल्याऊ। अब हामी एउटै परिवार भयौं।'
ऊ गयो र एक हप्तालाई पुग्ने रासन किनेर ल्यायो। त्यति धेरै अन्न र तरकारी ल्याउँदा ऊ साह्रै खुसी र सन्तुष्ट थियो। उसकी स्वास्नी र छोराछोरी झन् खुसी भए। उसकी स्वास्नीले पकाउन मेलो झिकी तर भाँडा राम्रा थिएनन् र सबैलाई पकाउन पुग्ने भाँडा पनि थिएनन्। सोनाघरेका घरमा प्रशस्त भाडाकुँडा थिए तर लिन जान सक्ने साहस थिएन। सोनाघरेले उसलाई बिन्तिभाउको लयमा भने, ‘म चाबी दिन्छु, हाम्रो घरभित्र गएर भाँडाकुडा ल्याउन सक्छौ मंगल?'
उसले सजिलै भन्यो, ‘सक्छु।'
सोनाघरेले फेरि भन्यो, ‘कोठाभित्र छिरेर म्याट, ब्ल्यांकेट र सिरानी पनि ल्याऊ है। तिमीहरूलाई पनि पुग्नेगरी ल्याऊ।'
ऊ विनाहिचकिचाहट तयार भयो। तर उसकी स्वास्नीले उसलाई एक्लै जान दिइन। ऊ पनि जान तयार भई। पहिलोपटक ऊ सोनाघरेको सुनजस्तो महलमा छिरेको थियो। उनको भान्छादेखि ओछ्यानसम्म हेर्योि। महल त ठाउँठाउँमा धाजा फाटेर खडेरीको खेतजस्तो भएको रहेछ।
अरू केही धनाढ्यको घरमा उसलाई छिर्ने अवसर मिल्यो। यो अवसर मिलेकोमा ऊ त्रसितभन्दा बढी खुसी थियो। किनभने उसले धनीहरूको घर भित्रबाट देख्न पाएको थियो। उनीहरू पस्न नसकेको उनीहरूकै घरमा पसेर सामान झिक्न सकेकोमा अझ धेरै गर्व लागेको थियो।
उसकी स्वास्नीले सोनाघरे र अरू तीन सम्भ्रान्त परिवारलाई खाना पकाएर खुवाई। उसकी स्वास्नी खुब खुसी भई, किनभने ती ठूलाठूला धनाढ्यलाई उसले खाना पकाएर खुवाउन पाएकी थिई। भुराहरू पनि खुसी थिए, किनभने उनीहरूले बास्मती चामलको भात पेटभरि खान पाएका थिए। ऊ पनि खुसी थियो किनभने सोनाघरेजस्ता ठूलाहरूलाई आफ्नो आश्रममा आश्रय दिन पाएको थियो। सोनाघरेहरू पनि खुसी थिए, किनभने उनीहरूले पालसहितको सुरक्षित आश्रय पाएका थिए।
भोट माग्न आउँदा नेताहरूले धनी र गरिबलाई बराबर बनाउने कुरा गर्थे। उसलाई भने भूकम्पले धनी र गरिबलाई समान बनाइदिएजस्तो लाग्यो। किनभने धनी र गरिब सबै एउटै पालमुनि बसेर एउटै भाँडाको खाना खाँदै थिए र उस्तै सामान्य ओछ्यानमा सुत्दै थिए।
भोलिपल्ट दिउँसो १२.५५ बजे फेरि ठूलै भूकम्प गयो, ६.४ रेक्टर स्केलको। बेलाबेलामा भूकम्पका धक्काहरू आइरहे। पत्थरको पहाडजत्रै घोडाहरू दौडेजस्तो लाग्ने आवाज आउँदा ऊ र उसकी स्वास्नी खासै आत्तिएका थिएनन्। उसका भुराभुरीहरू पिङ खेल्न पाएझैं रमाइरहेका थिए। तर सोनाघरे, उसकी स्वास्नी र उसका छोराछोरीहरू भने खुब डराएका थिए। डरले उनीहरू भुइँचालो नआउँदा पनि चिच्याइरहेका थिए।
सानातिना भूकम्पका धक्काहरू सयौंपटक आइरहे।
मध्यमवर्गीय परिवारकी आमाले झैं उसकी स्वास्नी र ऊ मिलेर सोनाघरेहरूलाई हप्ता दिनसम्म खाना पकाएर खुवाए। आश्रय दिए। यो सहयोग गर्न पाएकोमा उनीहरूले आफूलाई धन्य सम्भि्कए।
यसरी एक हप्ता बित्यो। एक हप्तामा पनि उनीहरू आफ्नो घरमा जान सकेनन्। उसलाई सबै ठूलाहरूले भगवान्कै अवतार मान्न थाले। सोनाघरेले भन्यो, ‘तिमी त हाम्रो लागि देवदूत नै भएर आयौ। पुरानो कुरालाई बिर्सिदेऊ। अब तिमीले काठमान्डु छोड्नुपर्दैन। तिमीलाई बस्ने व्यवस्था म मिलाउँछु।'
उसको आश्रममा बस्ने अरू धनाढ्यहरूले पनि उसलाई त्यसै भने। ऊ मनमनै खुसी भयो। उसकी स्वास्नी पनि खुसी भई तर केही जवाफ फर्काएनन्।
दसौं दिनका दिन कुनकुन घर बस्न उपयुक्त छन् या छैनन् भनेर परीक्षण गर्न इन्जिनियरहरूको स्वयंसेवक टोली आयो। सोनाघरेको घरमा पहेँलो रङ लगाइदिए। रातो रङ पाउने हो कि भनेर सोनाघरे खुब डराएको थियो। पहेँलो रङ पाउँदा खुसी भयो।
उसले खबर पायो, आफ्नो गाउँ बरुवाको ढल्नै लागेको घर भूकम्पले ध्वस्त भयो रे। यो खबरले ऊ पटक्कै दुःखी भएन।
बिस्तारै अवस्था सामान्य हुन थाल्यो। भूकम्प आएको एघारौं दिनको दिन सोनाघरेको परिवार पनि डराउँदैडराउँदै आफ्नो घरमा गए तर बेडरुममा सुत्न सकेनन्। भान्सामा हतारहतार पकाएर तल बरन्डामा ल्याएर खान थाले र त्यहीँ सुत्न थाले।
ऊ सोनाघरेहरूलाई एघार दिनसम्म आश्रय दिन पाएकोमा असाध्यै प्रसन्न थियो। उसकी स्वास्नी र छोराछोरी पनि प्रसन्न थिए।
भूकम्प गएको तेह्रौं दिनमा फेरि अर्को खबर आयो, घर भत्कनेहरूलाई सरकारले भूकम्प प्रतिरोधात्मक घर निःशुल्क बनाइदिने भयो रे। ऊ खुसी भयो।
उसले स्वास्नीसँग भन्यो, ‘अब हामी गाउँ जानुपर्छ। मैले कहिल्यै बनाउन नसकेको घर सरकारले बनाइदिँदै छ। हामी यही बसेम् भने सर्कारले हाम्रो घर बनाइँदिँदैन। अब सर्कारले बनाइदिएको घरमा बस्नुपर्छ।'
उसकी स्वास्नीले हल्का प्रतिवाद गरी, ‘सहर भनेको सहर हो। काठमान्डु नछोडम्। मलाई त सर्कारको भन्दा सोनाघरेहरूको बढी विश्वास छ।'
तर उसले स्वास्नीको कुरा मानेन। स्वास्नीलाई कुरो बुझायो। चौधौं दिनको दिन फेरि उनीहरूले आफ्नो जेथा पोको पारे। पाल फुकाए। वैशाख बाह्र गतेभित्रमा छोड्ने चेतावनी दिएका सोनाघरेहरूले उसलाई बस्न आग्रह गरे, ‘मंगल तिमीले हामीलाई विपत्तिमा त्यति धेरै सहयोग गर्यौउ। अब हामी तिमीलाई सहयोग गर्छौं। तिमी यही बस। तिम्रो बस्ने व्यवस्था हामी गर्छौं।'
ऊ उसरी नै खिसिक्क हाँस्यो। कुनै जवाफ दिएन। मानौं ऊ भूकम्पसँग असाध्यै खुसी छ। उसको परिवारको अनुहारमा कान्ति थियो। सोनाघरेहरूकै आँखाअगाडिबाट ऊ आफ्नो परिवार लिएर गाउँतिर लाग्यो।

- http://www.nagariknews.com/nagarik-sanibar/story/37747.html

No comments:
Post a Comment