-गणेश खनिया

पुष्ट, मोटो खालको जिउडाल। बाक्लो अनि घोप्टे जुँघा। दुई ओठबीच च्यापिएको सिगार पाइप। पाइपबाट पुतपुताइरहेको धुँवा। एक झलकमा आउने सिग्नेचर आकृति हो यो उनको। सिर्जनामा भने कवि, उपन्यासकार, निबन्धकार, नाटककार, जीवनीकार धेरै भूमिकामा उनले आफूलाई पजनी गरिसकेका छन्।
चित्रकला त उनको सानैदेखिको लगाव। त्यसैले होला चित्रमय लाग्छन्, उनका कविता। 'लेख्दालेख्दै थाकेको बेला चित्र कोरेर म फ्रेस हुन्छु'- उनको चित्रकलाप्रतिको मोहको साक्षी हो धेरै वर्षअघि पेरिस रिभ्युलाई उनले दिएको यो अन्तर्वातांश। उनका धेरै किताबको कभर डिजाइन उनी आफैंले गरेका छन्। मूर्तिकार (स्कल्प्टर) को रूपमा पनि आफ्नो छाप छाड्न भ्याए उनले।
उनी अर्थात्, हालै दिवंगत जर्मन लेखक- गुन्टर ग्रास। सन् १९९९ का नोबेल पुरस्कार विजेता।
'ठट्टाझैं लाग्ने उनका निर्मम वर्णनगाथामा विस्मृत बनेको ऐतिहासिक मुहार झल्कन्छ'- नोबेल कमिटीको यो फगत फुर्क्याइँ होइन। जर्मनीको इतिहासमा नमेटिने गरी कालो पोतिएको यो आततायी विगत ग्रासको लेखनमा लगातार आइरह्यो। कारण थियो, उनको निजी अनुभव। दोस्रो विश्वयुद्धमा लडाकुका रूपमा जर्मन सेनामा उनी संलग्न थिए। घाइते ग्रास अमेरिकी सैन्य घेरामा परे। एक वर्ष अमेरिकी युद्धबन्दी बनी सजाय काटेर मात्र मुक्ति पाए उनले। हिटलरको नाजी सरकारलाई गरेको यो सेवा उनको लागि प्रेरणा र पीडा दुवै बनिरह्यो जीवनभर, व्यक्तिगत तथा लेखन दुनियाँमा।
लेखन दुनियाँमा कसरी छिर्नुभयो? भन्ने पेरिस रिभ्युको प्रश्नमा उनको जवाफ रोचक सुनिन्छ। 'सानो छँदा म साह्रै झूट बोल्थेँ। तर मेरो फट्याइँलाई मेरी आमाले मन पराउँथिन्। म उनलाई यस्ता अनेकौं किस्सा सुनाउँथे। पछि त यी अद्भूत किस्सा आफैंलाई मन पर्न थाल्यो। मैले सोचेँ— यसलाई किन नलेख्ने? लेख्दै जाँदा उपन्यास पो तयार भयो। तर, १२ वर्षको कच्चा दिमागले तयार पारेको कथा पछि आफैंलाई मन परेन। यद्यपि यिनै सन्दर्भहरू बिस्तारै मेरो पहिलो उपन्यास 'द टिन ड्रम'का आधारस्रोत बने।'
अंग्रेजीबाहेक अन्य भाषामा लेख्नेहरू विश्व साहित्यमा विरलै चर्चामा रहन्छन्। कि त नोबेल कमिटीको नजरमा पर्नुपर्योा। प्याटि्रक मोदियानोलाई नै लिऊँ न, यसअघि कतिले चिनेका/पढेका थिए र उनलाई? तर ग्रास नोबेल पुरस्कारको बलबुतामा चिनिएका लेखक होइनन्। नोबेल नजर पर्नु झन्डै चार दशकअघिबाटै चर्चित थिए, उनी। श्रेय जान्छ फेरि उही उपन्यास 'द टिन ड्रम'लाई अनि उनको नाजीकालीन विगतलाई। सन् १९५८ मा प्रकाशित उनको डेब्यु उपन्यास। सारा जर्मनवासीलाई नै प्रतीकात्मक पात्रको रूपमा उभ्याएका छन्, यसमा।
के छ त त्यस्तो 'द टिन ड्रम'भित्र?
दोश्रो विश्वयुद्धको अवधिमा मध्यमवर्गीय जर्मनवासीहरूको भूमिकालाई निर्मम ढंगले कटाक्ष गरिएको छ, यसमा। यो उनको आफ्नै विगतको प्रायश्चित्त पनि हो। उपन्यासको एक अंश यस्तो छ— एक जना पसले नोभेम्बरको एक मध्याह्न पसल बन्द गरेर सहरतिर लाग्छ, आफ्नो सानो छोरोलाई लिएर। त्यहाँ रहेको यहुदीहरूको सिनगोग (धार्मिक कार्यस्थल) मा आगो सल्किसकेको हुन्छ। आगो नियन्त्रकहरू चुपचाप हेरिबसेका छन्। जलिरहेको सिनगोगबाहिर मानिसहरू केही किताब, अचम्मलाग्दा कपडाहरू र अरू खिचि्रङमिचि्रङ सामान जम्मा गर्दै छन्। एकै छिनमा त्यो थुप्रोमा आगो झोसिन्छ। पसले पनि दन्किरहेको आगोको मुस्लोमा आफ्नो हात सेक्न थाल्छ।
पसले तथा आम मानिसको चरम बेवास्तामा उदांगिन्छ जर्मन मानसिकता। चाहे त्यो विगतको बर्बरता होस् या त्यसप्रतिको अहिलेको शून्य संवेदना। बहुचर्चित यस उपन्यासको मूल पात्र छ—ओस्कार। शारीरिक रूपमा ऊ रत्तिभर बढ्दैन, बच्चा नै रहिरहन्छ। त्यसैले कुख्यात आस्उइच कन्सन्ट्रेसन क्याम्पमा अरू जसरी मारिए, ऊ बाँच्न सफल हुन्छ तर अपराधबोधबाट भने मुक्त हुन सक्दैन। किनकि उसकी आमा, काका अनि बाउ समेतको मृत्युमा उसकै हात हुन्छ। ओस्कारको चरित्रलाई सबै जर्मन नागरिकको सामूहिक दोष र अपमानसँग तुलना गर्छन्, ग्रास।
हिटलरको कप्तानीमा रचिएको 'होलोकोस्ट' (मूलतः यहुदी समुदायको आम नरसंहार) बारे जर्मन नागरकले औंलो तेर्साएको पहिलोपटक थियो, सायद। त्यसैले त जर्मनलगायत कैयौं देशमा प्रतिबन्धको सिकार बन्यो यो उपन्यास। दुई दशकपछि यही उपन्यासउपर सिनेमा बन्यो। भोल्कर स्क्लोन्द्रोफको निर्देशनमा बनेको यो सिनेमा पछि सन् १९७९ को क्यान्स् फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट विदेशी भाषाको सिनेमामा दर्ज भयो र यो सँगै ग्रासको प्रसिद्धिको दायरा फैलिँदै गयो। 'द टिन ड्रम'पछिका दुई किताब 'क्याट एन्ड माउस' र 'डग इयर्स'ले उनको टि्रलोजी पूरा गरे। 'क्याट एन्ड माउस' ठूलो रुद्रघन्टी भएको एउटा अधबैंसेको कथा हो, जो अरू मान्छेभन्दा बिल्कुलै अलग देखिन्छ। 'डग इयर्स'ले चाहिँ एकीकरणपछिका तीन दशकको जर्मन इतिहास केलाएको छ। निष्कर्षमा जर्मनले आशातीत प्रगति नगरेको निराशा व्याप्त छ पछिल्लो उपन्यासमा।
सामाजिक तथा राजनीतिक सन्दर्भका खरो टिप्पणीकार समेत हुन्, गुन्टर ग्रास। विश्व परिवेशवारे सधैं अपडेट रहे उनी। १९८६ मा भारतको कलकत्ता र बंगलादेशको ढाकामा केही समय बिताएर दक्षिण एसियाको आंशिक भूगोललाई समेत छामे उनले। उनीसँगका साहित्यिक तथा राजनीतिक यी भेट र अन्तरक्रियालाई कलकत्ता र ढाकाका कैयौं लेखकले आ–आफ्ना ढंगले अमर बनाएका छन्। यसैमा युरोपेली सीमाबाट धेरै पर पुगेको छ उनको चिनारी। आफूलाई युद्धविरोधी बताउँथे उनी सधैं। गत मध्य मार्चमा एउटा स्पेनी पत्रिकालाई दिएको अन्तर्वार्तामा पनि उनको यही भाव देखिन्छ— 'जताततै युद्ध मच्चिएको छ। युद्ध उन्मादी हामी पहिलेकै गल्ती दोहोर्यााउँदै छौं। तर गल्ती दोहोरिएकै नस्विकार्दा के लाग्छ भने हामी फेरि विश्वयुद्धतर्फ उन्मुख हुँदै छौं। निद्रामा हिँडेजस्तो गरी चालै नपाई।'
जनसंख्या वृद्धि तथा जलवायु परिवर्तनजस्ता जल्दाबल्दा विषयमा पनि उनी लेखिरहन्थे, बोलिरहन्थे। 'डेथ अव उड' उनको चित्रसंग्रह हो। यसमार्फत उनले वातावरणीय विनाशप्रति सचेतना सन्देश बाँडेका छन्।
लेखनमा 'जादुमय यथार्थता (म्याजिकल रियालिज्म)' का सूत्रधार मानिन्छन्, मार्खेज तर उनै मार्खेजको लेखनीमा ग्रासको धेरै प्रभाव भेट्छन् अर्का नोबेलधारी लेखक ओह्रान पामुक। पामुक थप्छन्, 'फ्रान्सेली लेखक राबले र सेलिनबाट धेरै सिके ग्रासले। जतिसुकै निर्दयी, भयावह र राजनीतिक कथावस्तु भए पनि त्यसलाई लेखकको मौलिक सिर्जनामा कसरी ढाल्ने उनले राम्ररी सिकाए।'
खासमा मेल्भिल, फक्नर, दोस प्यासोसजस्ता भिन्न धारका अमेरिकी लेखकका साह्रै प्रशंसक थिए, यी जर्मन लेखक। अमेरिकी लेखक जोन अप्डाइक ग्रासको लेखनकलाका प्रशंसक नै हुन्। तर ग्रासको हरेक खुद्रामसिना कुरामा टिप्पणी गर्ने प्रवृत्तिको भने आलोचक। 'यसरी ज्यादै उपदेशक बनी हिँड्दा उपन्यासमा लेख्न बाँकीचाहिँ के रहन्छ?' अप्डाइक प्रश्न गर्छन्। जर्मनका प्रसिद्ध समालोचक मार्सेल रेइक रानित्स्की उनका कटु आलोचक मानिन्छन्। ओभररेटिड (अतिरिक्त महŒव दिइएका) लेखक मान्छन् उनी ग्रासलाई। ग्रासलाई रानित्स्की कतिसम्म घृणा गर्थे भने ग्रासको उपन्यास 'टू फार अफिल्ड' (१९९५) लाई च्यातचुत पार्दै गरेको दृश्यमा जर्मनीको प्रसिद्ध म्यागजिन 'दे स्पिगल'को कभर पेजमा देखिए उनी। तर अर्का अमेरिकी लेखक जोन इर्भिङका लागि ग्रास सधैं रहे मानक लेखक र स्पष्ट सामाजिक अभियन्ता।
गुन्टर ग्रास जर्मनीको सोसल डेमोक््रयाटिक पार्टीसँग आबद्ध रहे लामो समय। फिडेल कास्ट्रोका अनन्य समर्थक उनी। अमेरिकी नीतिका प्रखर विरोधी। सन् १९८० तिरको निकारागुवाको वामपन्थी सान्दानिस्ता सरकारप्रति उनको सद्भाव रह्यो। बर्लिनको पर्खाल ढलेपछि नब्बेको प्रारम्भमा भएको पूर्वी र पश्चिम जर्मनीबीचको एकीकरणको समेत खुलेर विरोध गरे उनले। ग्रासको लेखन तथा समसामयिक टिप्पणी भने कहिल्यै विवादबाहिर रहेन। पछिसम्म विवादका पर्याय नै बनिरहे ग्रास। लगातार मिडियामा छाइरहे। सन् २००६ मा 'पिलिङ द ओनियन (प्याज कोट्याउँदा)' शीर्षकमा प्रकाशित भयो उनको जीवनी (मेमोइर)। यसैमार्फत उनले आफ्नो नाजीकालीन सैन्य संलग्नता सार्वजनिक गरे। खोट औंल्याइयो उनको नियतमाथि। कतिले त उनको नोबेल पदवी नै फिर्ता गराउनुपर्ने माग गरे। यो स्विकारोक्तिले उनलाई लेखनको नैतिक कठघरामा उभ्यायो। यति लामो मौनता किन? प्रश्नको वर्षा भइरह्यो उनीमाथि। उनले भने किताबकै हरफमार्फत आफ्नो बचाउ गरे, 'म मौन बसेँ, किनभने मजस्तै अरू धेरै जना मौन थिए। यस ऐतिहासिक कलंकलाई सामूहिक अपराध बताएर उम्कने कोसिस गरियो। अझ सांकेतिक रूपमा अरू कोहीलाई दोष थोपरेर आफू निर्दोष बन्ने चेष्टा गरियोे। मलाई भने यो मौनताले थिचिरहेको थियो। यतिका वर्षसम्मको यही मौनताकै कारण यो जीवनी लेख्न सकेँ। आखिर यो सत्य बाहिर आउनु अनिवार्य थियो, यसरी आयो।'
सन् २०१२ मा अर्को उथलपुथल भयो उनको 'ह्वाट् मस्ट बी सेड (के भन्नैपर्छ भने)' कविता संग्रह प्रकाशन भएपछि। इजरायली नीतिको कडा निन्दा गरेका छन्, यसमा। इरानमाथि आक्रमण गर्न इजरायललाई सैन्य सहायता दिने जर्मन तथा अन्य देशको घोषणाको प्रखर विरोध गरे उनले। 'म पश्चिमाहरूको दोक्ले प्रवृत्तिदेखि वाक्कदिक्क छु,' विरक्तिभावमा लेखिएको यो कवितामा इरानलाई ध्वस्त पार्न र विश्व शान्ति खलबल्याउन खोजेको भनी इजरायलको खोइरो खने। विश्व राजनीतिमा इजरायलको खलनायकी उजागर गरेपछि अरू विवादित बने उनी। वेन्जामिन नेतान्याहुको इजरायल सरकारले त उनलाई आफ्नो देशमा छिर्नसमेत नदिने निषेधाज्ञा जारी गर्यो ।
सधैं विवादको केन्द्रमा रहने उनै ग्रासलाई गत हप्ता जीवनको मोर्चाबाट मृत्युले ग्रास गर्योय। तर पनि वादविवादको डबली त खुल्लै छ जहाँ समीक्षा, गवेषणा अनि चर्चा–परिचर्चा चलिरहनेछ उनका कविता, उपन्यास र अन्य रचनामाथि। कम्तीमा पनि 'द टिन ड्रम'को युद्धविरोधी ध्वनि गुन्जिन छोड्नेछैन- केही दशकसम्म।

No comments:
Post a Comment