-श्याम रिमाल
कुकुरलाई कुतीकुती बिरालोलाई सुरी
तिम्रो हाम्रो मायाप्रीति दोबाटोमा कुरी
रेसम फिरिरी...
ह्वाङह्वाङ गाउँटोलमा कुकुर रातभरि कराउँछन्, सुत्नै दिँदैनन्। दिनभर काम गरेर राम्ररी सुत्न पाइएन भने कस्तो हाल हुन्छ मान्छेको!
दिउँसोभन्दा राति नै बढी नै कराउनुपर्ने कारणचाहिँ के होला? मलाई सोध्न मन लागेको छ। राति अँध्यारामा ती कुनै अदृश्य चिज देख्छन् रे। राति तिनका आँखा निकै टल्किने गर्छन्। अदृश्य चिजदेखि डराएर साथीहरू हारगुहार गरेका हुन् कि त?
‘काकचेष्टा, बकोध्यान, श्वाननिद्रा तथैवचः
अल्पाहारी, गृहत्यागी विद्यार्थी पञ्चलक्षणम्।'
भन्नाको अर्थ कुकुरको निद्रा साह्रै क्षीण हुने रहेछ। सदैव चनाखो र जागरुक। त्यस्तो निद्रा विद्यार्थीमा आए त तिनको पढाइमा ध्यान जाने सम्भावना हुन्छ। तर खिसि्रक्क हुँदामै आँखा खोल्ने कुकुरको जस्तो निद्रा मान्छेमा के खाएर आओस्? कुकुर त पहरेदार पनि हो। चोरलाई यिनैले भगाउँछन्। कुकुर प्रायः सुतिरहेको भेटिन्छ। त्यसैले तिनलाई कमै निद्राले पनि पुग्दो हो। कुकुरलाई काम पनि छैन, फुर्सद पनि छैन। तिनलाई प्राय : हिँडिरहेको भेटिन्छ। कहाँ गएको हो, कसलाई भेट्न गएको हो, थाहा छैन। यिनको समूह पनि देखिन्छ। नयाँ कुकुर टोलमा आयो भने सबै मिली भुकेर भगाउँछन्। यसलाई यसपालि हाम्रै निर्वाचन क्षेत्रका एक उम्मेदवारले मजासँग उपयोग गरे। उनको चुनाव चिह्न नै कुकुर। ‘कुकर इमानदार छ, बफादार छ, घुस खाँदैन' भन्ने उनको नारा थियो। चुनावको अघिल्लो दिन राति पनि भोट मागे तिनले। जे होस्, तिनको राम्रो भोट आयो।
अपराधीलाई पक्रन कुकुरको प्रयोग संसारमै गरेको पाइन्छ। प्रहरी संगठनमा ती माथिल्लै दर्जामा हुन्छन् रे। कुकुरको घ्राण शक्ति निकै हुन्छ। चोरको पाइला त तिनले सुँघेरै थाहा पाउँछन्। आफ्नो मालिकलाई पनि यसले कोसौं पर सुँघ्दै खोजिरहेको हुन्छ। मासु र विष्टा कुकुरका राम्रा आहारा हुन्। मासु खानेले विष्टा नखाए हुन्थ्यो नि! यिनलाई मासु खान हामीलाई पानी खाएसरह र पानी खान हामीलाई मासु खाएसरह रे। कसैले मासु बोकेर आएको छ भने उसको पछिपछि लागेको हुन्छ भने कसैका घरमा मासु पाकेको दिन दिनभरि त्यो घरको वरपर घुमिरहेको हुन्छ, बसिरहेको हुन्छ। कुकुर एकपल्ट पल्क्यो भने तपाईंसँग सधैं पछि लाग्छ। खानेकुरा खान लाग्दा पनि ढुकेर बसिरहन्छ। खान्छ, एक छिनपछि फेरि तपाईंका अगाडि आइहाल्छ। घरपालुवाले मालिक देखेमा पुच्छर हल्लाएर खुसी व्यक्त गर्छ भने भुस्याहाले खानेकुरा दिने मानिस देखे पुच्छर डोलाउँछ। ‘चेइचेइ' गरी बोलाएर तपाईं यसलाई घरसम्म पुर्याछउन सक्नुहुन्छ। कुकुरलाई मासु पैंचो दिएर चाहिँ फर्कंदैन। कुकुर जति खन्चुवा भए पनि एकादशीका दिन व्रत बस्छ रे! कुकर पनि नबोलाई मानिसतिर लहसिँदैन भने मानिस पनि निम्तो नगरी कसैकहाँ जानुहुन्न। भुस्याहा कुकुरसँग चाहिँ डराउनु आवश्यक छैन। डर भए घरमा पालेकै कुकुरबाट हुन्छ। कुकुरले अपरिचितलाई झम्टिहाल्छ, टोक्न गइहाल्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पत्रकारिताजस्ता संस्थालाई त्यसैले ‘वाचडग' भनिएको– निगरानी गरिरहने। यति इमानदार कुकर भईकन पनि मानिसहरू मन नपर्ने अर्काे मान्छेलाई किन ‘कुकुर'को दर्जा दिन्छन् हँ?
जस्तोसुकै ठूलो बाढी पनि यिनले पार लाउँछन्, पौडी नखेलीकनै। कुकुर धर्मात्मा भएरै हो, पाण्डवसँग स्वर्ग जान पाएको। पाण्डव सबै नर्क गएपछि कुकुरले धर्मराजको रूप लिएको थियो– द्वापरयुगमा। सत्ययुगमा नाग, त्रेतायुगमा वानर, द्वापरयुगमा गाई र कलियुगमा यही कुकुर र बिरालाको जगजगी छ। मासुका लागि गरिने कुकुर–झगडा राजनीतिमा पनि चल्छ। यही कुकुर ‘लाइका' नामबाट चन्द्रमा पुग्यो, रुसबाट। त्यसैले कुकुरहरू भाग्यमानी हुन्छन्। यमपञ्चकको दोस्रो दिन यिनको भाउ कुनै देवताको भन्दा कम हुन्न। यी यमदूत हुन्, स्वर्गको ढोकामा बस्ने। पूजाले सिँगारिएर, माला लगाएर, सेलरोटी र अन्य खानेकुरा खान पाएर दंग पर्छन्। घरमा कुकुर नहुनेका लागि यिनको पूजा गर्न खोजीखोजी हिँड्नुपर्छ। जोल्ठिएको कुकुर देख्दा भने निकै नरमाइलो लाग्छ, छुट्टयाउनै गाह्रो। यसको पनि रमाइलो कथा छ, पाण्डवहरूसँगै जोडिएको। द्रौपदीसँगको अभिसारका लागि पाँच पाण्डवका आ–आफ्ना अवधि तोकिएको थियो। दुई जना गोप्य कोठामा रहेको संकेतका लागि बाहिर जुत्ता राखिएको हुन्थ्यो। कुकुरले जुत्ता कतै लगिदिएछ, सायद छालाको जुत्ता खानलाई होला। जुत्ता नभएपछि अर्को भाइ कोठामा छिर्दा प्रणयलीलामा असर पर्यो। आखिर कुकुरकै दोष मानियो यसमा र तिनलाई श्राप पर्योग– जोल्ठिने। सय जना नहेरेसम्म जोल्ठाइ छुट्टिँदैन रे। कुकुरहरू निकै सेक्सी पनि हुन्छन्। कुकुरलाई कात्तिक लागेपछि कताबाट कताबाट यिनको बथान थुप्रिन्छ। सबैका अगाडि मैथुन गरिदिन्छन्। कुकुरले टोकिदियो भने निकै पीडा हुन्छ। बौलाहा परिदियो भने त पेटैमा १४ सुई। अब त औषधि खाएर पनि हुन्छ क्यारे।
कुकुर–बिरालाझैं झगडा गरिरहनेहरूले यहाँ मुलुकलाई पाताल पुर्यालइसकेका छन्। कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राख्यो, बांगाको बांगै। यहाँ कुकुरले पुच्छर होइन, पुच्छरले कुकुर हल्लाउँछ। कुकुरहरू खेलेको देख्नुभयो भने तपाईं दंग पर्नुहुन्छ। तिनले आपसमा सानोतिनो टोकाटोक गरी झगडा गरेझैं गरे पनि आखिर ती खेलेका पो हुँदा रहेछन्। माउले छाउराहरूलाई गुँडुल्किएर दूध खुवाएको पनि रमाइलो देखिन्छ। कुकुर रोएको अपशकुन मानिन्छ। यसलाई पिट्दा कुइँकुइँ गरेर दिक्क लगाउँछ। मंसिरमा दोलखामा भेटिएको एक रक्स्याहा व्यापारीले भोटेकुकुर जस्तो देखिने ठिमाहा कुकुर ‘साङ्लासहित पन्ध्र सयमा लैजानुहोस्' भन्थ्यो। कुकुर पाल्ने हैसियत त छैन नै, कुकुर पाल्दाको दुःख र हैरानी अरूको देखेर अघाइएको छ। बिहानै शौच गराउन लैजानुपर्ने, घरमै फोहर गर्ने, खुवाउने, पियाउनु गर्नुपर्ने, कराएकै करायै। पाहुना वा अन्य मान्छेलाई टोकेमा हुने झन्झट बेहोर्नुपर्ने त छँदै छ। सानामा त रामै्र देखिन्छ नि। ‘कुतीकुती' भनेर बोलाउँदा रमाइलो लाग्छ। पछि हिँड्न लाग्दा ‘साङ्लाको मात्र पैसा दुई सयमै लैजानू' भन्थ्यो व्यापारी। उसलाई कति घाँडो भएको रहेछ भन्ने त त्यसैबाट बुझियो। भोटेकुकुरले त जंगली जनावरसँग पनि लड्छ क्यारे। तर पाल्न सकिँदैन। हाम्रै राजनीतिकर्मी र न्यायाधीशहरूले एकै घरमा चार–पाँच वटा भोटेककुर पालेको सुनिएको छ। कुकुरबाटै मान्छेको हैसियत ठूलो देखिन्छ यहाँ। देख्नुभएन ‘कुकुरदेखि सावधान' लेखेको ठूलाबडाको घरमा। तर आफूलाई ठूलो देखाउन कुकुरै नभए पनि घरको पर्खालमा कुकरको चित्र बनाएर सावधान गराउन खोज्नेहरुको पनि सहरमा कमी छैन। बेलायती कुकुर, एल्सेनियन कुकुरको भाउ नै बढी। जाडामा लुगा लगाइदिने, नुहाइदिने, घाउ सफा गरिदिने भलाद्मी पनि पाइन्छन्। लुते कुकुरहरू दिनभर घाउ कन्याएर बस्छन्। कमजोर मानिस लुते कुकरमै दरिन्छन्। ती पुच्छर लुकाएर भाग्छन्। त्यसैले विनाकामको मान्छेले कुकुरले नपाएको दुःख पाउँछ। अब कुकुरसँग कति सिक्ने, कति कुरा छाड्ने हँ?

No comments:
Post a Comment