- बिबिसी न्युज

अंग्रेजी साहित्यमा एउटा भनाई सधैँ प्राथमिक्ताका साथ प्रयोग हुन्छ– 'तरवारभन्दा कलम बलियो।' यो भनाईका प्रणेता उपन्यासकार तथा नाटक लेखक इडवार्ड बुल्वेर हुन्। उनले सन् १८३९ मा आफ्नो ऐतिहासिक नाटक 'कार्डिनल रिचेलिउ'मा यो उक्तिको प्रयोग गरेका थिए।
उक्त नाटकमा उल्लेख गरिए अनुसार राजा लुईस तेह्रौं आफ्नै मुख्यमन्त्री रिचेलिउलाई मार्ने उपायको खोजीमा हुन्छन्। तर, पादरी भएकैले त्यो थाह पाएपनि आफ्ना शत्रुका विरुद्ध रिचेलिउ हतियार चलाउने आदेश दिन सक्दैनन्।

क्याप्टेन फ्रान्कोइस रिचेलिउलाई सम्झउँछन्, 'हजुरको नेतृत्वमा हामी अर्को हतियारको प्रयोग गर्न सक्छौँ, मेरो मालिक!'
आसय बुझेपछि रिचेलिउ सहमती जनाउँछन् र भन्छन्,'तरवारभन्दा कलम बलियो हुन्छ। हतियार त्यागौं, राज्य हतियारविना पनि सुरक्षित रहन सक्छ।'

कलमलाई शक्तिशालि चित्रण गरिएको यो भनाई सन् १८४० देखि नै लोकप्रिय हुँदै गएको मान्छन् अक्सफोर्ड कोटेसन डिक्सनरीका सहायक सम्पादक सुसन र्याोटक्लिफ, 'त्यतिबेला देखि नै यो भनाई आम रुपमा प्रयोगमा आइसकेको थियो।'
सुरुमा अंगे्रजीमा प्रयोग भएको यो भनाई अहिले धेरै भाषामा अनुवाद भएर प्रयोग हुन्छ।
क्याम्ब्रिज डिक्सनरिजको वेबसाइट अनुसार यो भनाईले 'विचार र लेखनको प्रभाव मानिस र घटनामा बल वा बन्दुकको प्रयोगले गरिएको दमन भन्दा बढि हुन्छ।'
तर, बुल्वेरलाई मात्रै कलमको शक्तिलाई पहिलोपटक उजागर गर्ने व्यक्तिका रुपमा जस दिएर पुग्दैन।

सत्रौं शताब्दीको सुरुवातमा प्रकाशित रोवर्ट बुर्टोनको 'द एनाटोमी अफ मिलान्कोहली' पुस्तकले हास्य व्यङ्गले कसरी मानिसलाई चोट पुर्याोउनसक्छ भन्ने वर्णन गरिसकेको छ। 'शब्दको चोटको हतियारको चोट भन्दा गहिरो हुन्छ।' उनको यो भनाईलाई त्यति बेलै पनि 'पुरानो कुरा' भनेर उडाईन्थ्यो।

यसैसँग मिल्दो कथन जर्ज वेटस्टोनको 'हेप्टामेरोन अफ सिभिल डिस्कोर्सेस'मा पनि छ। सन् १५८२ मा प्रकाशित पुस्तकमा लेखिएको छ,'कलमको एउटा धर्कोको गहिराई कुनै भालाले बनाउने चोटको भन्दा गहिरो हुन्छ।'
यो भन्दा पनि पछाडि फर्किने हो भने ग्रिक कवी युरिपिडेसले ईशापूर्व ४०६ मै लेखेका छन्,'वचनको धार छुरी भन्दा तिखो हुन्छ।'
तर, यो तथ्यको विषयमा अक्सफोर्ड विश्वविद्यालयका शास्त्रीय प्राध्यापक अर्मन्ड डी एंगोर शंका व्यक्त गर्छन्।

नेपोलियन अर्का प्रसिद्ध व्यक्ति थिए जसले शब्दको शक्तिलाई हतियारसँग तुलना गरे। र, भने,'चार विरोधी अखबार एक हजार भालाभन्दा डरलाग्दा हुन्छन्।'
नेपोलियनलाई उधि्रत गर्दै धेरै प्रयोग गरिने यो उक्ति जसरी अहिले प्रयोग गरिन्छ त्यसैगरी नेपोलियनले बोलेका थिए कि थिएनन् किटान गर्न नसकिने बताउँछन् अक्सफोर्ड विश्वविद्यालयका पश्चिमी युरोपियन इतिहास प्राध्यापक माइकल ब्रोअर्स। तर, यो उक्तिको भावनासँग नेपोलियनको विचार मेल खानेमा उनलाई कुनै शंका छैन। 'उनी प्रेसलाई आदर गर्थे र डराउँथे पनि। आफ्नो जीवनको शक्तिलाई उनी साहित्य र प्रेसको शक्ति मान्थे,' उनी भन्छन्। नेपोलियन जब शक्तिमा आए त्यतिबेला फ्रान्समा दर्जनौं पत्रिका थिए। तर, उनले ती मध्य धेरैलाई दबाए। आफूलाई सहयोग गर्ने प्रकाशनलाई मात्र संचालन हुन दिए।

ब्रोअर्स भन्छन्,'उनले यो पनि बुझेका थिए कि आफ्नो हातमा रहेको कलमले मात्र हतियारको काम गर्न सक्दछ।'

चार्ली हेब्डोका कार्टुनिस्ट, पत्रकार तथा प्रकाशक मारिएको विरोधमा संसार भर कोरिएका कार्टुनहरूले अन्ततः कलमले नै बन्दुकधारीलाई हराउन सक्ने तथा एउटा कलम भाँचिएपछि अर्को दुईटा बन्ने वा हरेक बन्दुकले हजारौँ कलमको तिखो प्रहारको सामना गर्नुपर्ने तथ्य इंगित गरेकाछन्। हावामा कलम बोकेर देखाइरहेका प्रर्दशनकारीले दिन खोजेको अन्तिम सन्देश पनि त्यही हो।

No comments:
Post a Comment